नेपाली साहित्यका अग्रणी मध्येका आदिकवि भानुभक्त, लेखनाथ पौडयाल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, ह्रदयचन्द्र सिंह प्रधान, भवानी भिक्षु, भीमनीधि तिवारी, धरणीधर कोइराला, महानन्द साप्कोटा, सिद्धीचरण श्रेष्ठहरु नेपालको राष्ट्रिय एकताका द्योतक हुन् । देशको स्वाभिमानप्रति आवद्ध भएरैं उनीहरु विश्व साहित्यसंग दाँजिन पुगे ।
लिओ टोल्स्टाय, रविन्द्रनाथ ठाकुर, म्याक्सिम गोर्कीहरु आदि यस्ता स्रष्टाहरु छन् जस्लाई समयले जन्मायो । त्यस्ता साहित्यिक स्रस्टाहरुको परिकल्पनाले युगको प्रतिनिधत्व गर्ने गर्छ । भानुभक्त नेपाली साहित्यका चरित्रका पुञ्ज हुन् । नेपालको राष्ट्रियता र नेपाली साहित्यलाई दिगो र अमर बनाउन नेपालका कविवर स्रष्टाहरुबाट जुन योगदान गरे त्यसलाई नेपालीहरुले बिर्सन सक्तैनन् । नेपालमा स्रष्टाहरुको जन्म हुनुमा सबैमा भानुभक्त नै प्रेरक बनेका छन् । भानुभक्तको जन्म विक्रम संवत् १८७१ अषाड २९ गते आइतबार भएको थियो । उनको स्वर्गारोहण विक्रम संवत् १९२५ असोजमा भयो । नेपालमा भानुभक्तको नाम नेपालको राष्ट्रिय एकतातसँग आवद्ध छ । भाषीक हिसावले मात्र होइन विश्वभरमा छरिएर रहेका नेपालीहरुको लागि उनी एकताका पे्ररणा बनेका छन् । भानुभक्तले बाल्मिकि रामायणलाई नेपाली भाषामा छन्दमय पद्यमा अनुवाद गरेर नेपाली जनमानसलाई श्लोकमय बनाएका थिए । भानुभक्त नेपाली भाषाका आदिकवि हुन् भने बाल्मिकि संस्कृत भाषाका आदिकवि हुन् । बाल्मिकि रामायण अनुवाद गरेर भानुभक्त नेपाली भाषाका आदिकवि बन्न पुगे । बाल्मिकिले नेपालको चितौन जिल्लाको दक्षिणतर्फ नारायण नदीको किनारमा आश्रम कायम गरेका थिए । त्यही ठाऊँमा रामले सीतालाई त्यागेपछि सीताले अश्रय लिएकी थिइन् र त्यही ठाउँमा लवकुशको जन्म भएको थियो । २०३७ सालमा बाल्मिकि आश्रमको अध्ययन भ्रमण गरेपछि मलाई अत्यन्त गौरव महसुस गरें । बाल्मिकि आश्रमलाई अन्तराष्ट्रिय साहित्यिक धामको रुपमा सरकारले विकास गरेर विश्वब्यापी बनाउनुअत्यावश्यक छ । त्यो पुरातात्विक महत्वपूर्ण क्षेत्रको अवस्था यसरी अव सुसुप्त अवस्थामा रहेको देख्न कसैले नपरोस् । यसरी नेपालीभूमिमा रहेर रामायणलाई संस्कृत र नेपाली भाषामा लेखेर यी दुई महारथीहरुले जुन महान योगदान गरे त्यो अजर अमर छ । यसरी ती महारथीहरुबाट नेपालको प्रतिष्ठा बढेकोमा हामी नेपालीहरु गैरवान्वीत छौं ।
भानुभक्त कान्तिपुरमा पहिलो पटक आउँदा उनले बलाजु देखेर मोहीतहुँदै विस्मरणीय कविता लेखेका थिए । ‘चपला अवलाहरु एक सुरमा, गुनकेसरिको फूल ली शिरमा । रिस राग कपट् छल छैन जाहाँ, तव धर्म कति छ कति छ याहाँ । पशुका पति छन् रखवारि गरी, शिवकी पुरी कान्तिपुरी नगरी ।’ भानुभक्तका कीर्तिहरुबाट अत्यन्त प्रभावितहुने मध्येका एक हुन–मोतीराम भट्ट् । मोतीराम भट्टले भानुभक्त बारेमा लेखेका थिए –‘धेरै नामका कवि भानुभक्त भन्दा पहिले भए तर कविताको मर्म जानी भाषा पद्ये लेख्ने कविहरुमा आधिकवि भानुभक्त नैं हुन् । इनको जन्मस्थल तनहँु देशका चुँदीबेसीको रम्घा ना गरेको गाउँ हो । कवि भानुभक्ताचार्य सहज कवि थिए । अर्काका करमा कहिल्यै पनि बसेनन् । जस्ता भानुभक्तका सरल कविता छन् उस्तै इनको नाम पनि प्यारो छ । संसारमा जन्म लिइकन आफ्नो नाम राखेन भने त्यस पुरुषले जन्मेको के सार ?’ यसरी युवाकवि मोतीराम भट्टले भानुभक्त बारेमा धेरै लेखेका छन् । त्यसैले भानुभक्तको नामसँग कवि मोतीराम भट्टको नाम जाडिन्छ । मोतीराम भट्ट पनि नेपाली साहित्यको जग हुन् । उनले लेखेका थिए– ‘न्याय गर्नमा निसाफ नपाए गोर्खा जानु भन्ने उखानैं छ । यसै औसरमा म पनि श्री ५ गोर्खासरकारको यश कीर्तिलाई धन्य भनी एक श्लोक लेख्दछु– ‘अचल झण्डा फर्रोस् फरफर गरी कान्तिपुरीमा । रिपुको मन थकोस् थरथर गरी छीन घरिमा ।। यमनले राज् गर्दा कति तििित हिन्दुस्थल भयो । फगत यो नेपालको मुलुक कञ्चन रहिगयो ।’
दार्जिलिड, सिक्किम घुम्ने कार्यक्रम अन्तरगत हामीले दार्जिलिडको चौरास्तामा हाम्रो मन धेरै बिरक्तियो । नेपाली भाषाको सम्माथार्थ दार्जिलिङ्गको चौरास्तामा जङ्गबहादुरको शालीकको छेउमा भानुभक्तको शालीक बडो सम्मानकासाथ राखिएको थियो । भानुभक्तको शालीक समेत हेर्ने इच्छा थियो । गोर्खाल्याण्ड आन्दोलनको बेला नेपाल बिरोधी उछृड्कल तत्वले भानुभक्तको शालीक ढालेका रहेछन् तर त्यो कुरा मलाई जानकारी थिएन । शालीक ढालिएको केहीबर्षपछि म, मेरी श्रीमती सानुबाबा, भाइ भरत र मेरी छोरी टीष्टा दार्जिलिङ्ग, टीष्टा नदीको दर्शन र सिक्किमको अध्ययन भ्रमणको लागि २०५२ साल असोज महीनामा हिड्यौं । दार्जिलिङ्ग पुगेर वरिष्ट लेखक राजनारायण प्रधान र कवि तथा साहित्यकार गुमानसिंह चाम्लिडसँग भेट्ने इच्छा थियौं, भेटयौं । राजनारायण प्रधानले मलाई आठराई, चुहान्डाडाको वीरेन्द्र इन्टर कलेजमा २०१८ सालतिर आई.ए. पढाउनु भएको र त्यसको अलवा उहाँले मलाई धेरै ज्ञान दिलाउनु भएकाले मेरा गुरुहरु मध्येमा म उहाँलाई सँधै सम्मान गर्छु । त्यस्तै कविवर गुमाडसिंह चाम्लिडसँग मेरो पहिलादेखिको राम्रो सवन्ध थियो । उहाँलाई मैले मेरो डेरा काठमाण्डौंको क्षेत्रपाटीमा २०२४ सालतिर खाना खुवाएको छु । उहाँलाई मैले आठराईको राम्रो खुकुरी उपहार दिएर वीर गोर्खाको स्मरण गराएको थिएँ । खुकरी लिएर उहाँ साह्रै खुसी हुनु भयो । उहाालाई गोर्खाली चिन्ह खुकरी बोक्न साह्रै मन पनि रहेछ । चाम्लिडजी नेपाली साहित्यका अगुवा स्रष्टाको रुपमा परिचित एक व्यक्तित्व हुन् । तर दुःखको कुरा उहाँको केही बर्षपछि देहान्त भएछ । उहाँहरुलाई भेटेपछि अरु केही पुराना साथीहरुको पनि खोजी भयो तर भेट्न सकिएन ।
त्यसपछि हामीहरु दार्जिलिङ्ग धुम्नमा लाग्यौं । चौरस्तामा पुगेपछि भानुभक्तको शालीक ढालेको देख्दा हामी सबैको मन रोयो । थाहा थिएन त्यसरी भत्काएको कुरा । मेरी छोरी टीष्टाको मन साहै्र दुखेको रहेछ । भ्रमणको शिलशीलामा छोरी टीष्टालाई टीष्टा नदी देखाउनु पनि थियो । सिक्किमबाट फर्कँदा टीष्टा नदी छेउको बस्तीमा बास बसियो । साँझमा टीष्टा छोरीले टीष्टा नदीको पानी आच्मनगर्दै ‘हे टीष्टादेबी दार्जिलिङ्गको चौरास्तामा भानुभक्तको शालीक चाडै उभ्याइयोस्’ भनेर आत्मादेखि माग गरेकी थिइन् । केहीबर्षपछि दार्जिलिङ्गको चौरास्तामा नैं भानुभक्तको पुर्णकदको शालीक निर्माण भएको कुरा प्रत्रपत्रिकामा छापिएपछि मैले समाचार पढेर छोरीलाई सुनाएपछि छोरी टीष्टाले खुसियाली मनाउँदै हर्षका आँशु झारिन् । धन्य छन्– दार्जिलिङ्गका नेपालीभाषी स्रष्टाहरु जस्ले नेपाली भाषाको प्रतिष्ठाका लागि सगौरव भानुभक्तको शालीक उभ्याएर देखाइदिए । पहिचानको लडाईमा सिक्किमकी एक बिरङ्गना नरबहादुर भण्डारकी श्रीमती दीलकुमारी भण्डारीले भारतको संसदबाट नेपाली भाषालाई भारतको सरकारी लेखापढीको भाषाको रुपमा राख्ने अभियानमा सफलता हासिल गरेकी थिएन् । त्यस्तै सिक्किममा नेपाली भाषालाई सिक्किम राज्यको सम्पर्क भाषाको रुपमा अनिर्वार्य पाठयक्र्र्रमकोरुपमा घोषित गरिएको छ । सिक्किमी नेपालीभाषीहरुको एकताको लागि सिक्किममा ५० फुट अग्लो भानुभक्तको शालिक बनाउन जुन घोषण गरिएकोछ । यसले नेपाली भाषा अन्तराष्ट्रिय भाषाको रुपमा सम्मानीत छ ।
२०५२ साल असोज २० गतेको रात हामी टीष्टा नदीकै किनारमा बास बसेर टीष्टा नदी सुस्ताएको रातभरी सुनेर सुन्यौं । टीष्टा नदी सुस्ताउँदा मलाई लाग्थ्यो– ‘सुगौली संधिदेखि म बलतकृत नारी जस्तो अपमानीत छु । मलाई नेपाली भएर बग्न देऊ र यो सन्देश नेपालका राजालाई सुनाइदेऊ’ भन्दै सुस्केरा हान्दै रातभरी टीष्टा नदी रोएको जस्तो लाग्थो । त्यो रातभरी टीष्टाको नेपालप्रतिको मायाँले मेरो मन नतमस्तक भइरह्योे । वास्तवमा दार्जिलिङ्ग सुगौली संधिभन्दा अगाडि नेपालकै भूभाग थियो । सुगौली संधिको बेला दरबारबाट निस्काशित भएका गजानन्द मिश्र र चन्द्रशखर उपाध्यायले भारतको मुजफ्फरपुरमा १२।१२ बिघा जग्गा लिएर आफूहरु राजाको प्रतिनिधि हौं भन्दै अंग्रेजले तयार गरेको घातक सुगौली संधिमा हस्ताक्षर गरेका थिए । त्यसबेला त्यो कीर्ते सुगौली संधिको घनघोर बिरोध भयो । संधिको समर्थन गराउन अंग्रेजहरुले राप्तीदेखि टीष्टासम्मका भूभाग फिर्ता दिने तर मेचीदखि टिष्टासम्मको भूभागको संवन्धमा प्रतिबर्ष नेपाललाई दुईलाख बुझाउने सर्तमा अंग्रेजले नैं उपभोग गर्ने शर्तमा लिजमा लिएर संधि भएको थियो । तर भारत स्वतन्त्र भएपछि न नेपालले टीष्टापूर्वको नेपाली भूभाग पायो न दई लाख रुपैयाँ नैं । कोही मान्छे टीष्टा काँगडाको भूभाग फिर्ता लिने कुरा पुरानो भयो भन्छन् तर मनको घाउ बिसेक नहुँदोरहेछ । विशाल नेपाल अन्यापूर्ण तरिकाले गुमेको पीरले मैले मेरा छोरा छोरीको नामा टीष्टा र काँगडा राखें । छोरीको नाम टीष्टा हो । छोरी टीष्टा र ज्याई देवराज जोशी अहिले चीनका पीएचडी गर्दैछन् । छोरो जियोलोष्टि छ । विद्वुत सुरुड निर्माण र अध्ययनमा धेरै आयोजनाहरुमा उ संलग्न छ ।
विशाल नेपालको एकीकरण भएदेखि नैं नेपाली भाषा सबै भाषाभाषीहरुका बीच सम्पर्क कायम गर्न सजिलो र लोकप्रिय हुनसकेकाले राष्ट्रभाषाको रुपमा सबै जातका नेपालीहरुको प्रतिष्ठा र पहिचानको स्रोत हुन पुगेको हो । विशाल नेपालको एकीकरण हुनुभन्दा धेरैबर्ष अगाडिदेखि नेपाली भाषा पूर्वमा ब्रम्हपुत्र र पश्चिममा काश्मिरसम्म प्रचलित भइसकेको थियो । वि.सं.१३८२सम्ममा किरातक्षेत्रमा पनि नेपाली भाषाको चल्ती थियो भन्ने संकेत सिमरौनगढका राजा हरिसिंह देवका पण्डितज्योतिरीश्वरको मैथिति कृति ‘वर्णरत्नाकर’ बाट जाहेर हुन्छ भन्दै भाषाविद् बालकृष्ण पोखरेलले लेखेका छन् । त्यस्तै भानुभक्त पोखरेल लेख्छन्–‘नेपाल एकीकरण हुनुभन्दा पाँच–सातसय बर्ष अघिदेखि नै यसभूभागका राजा–रजौटाहरुकाले परम्परा पत्राचार,संधि संझौता गर्ने तत्कालीन अन्तर्राज्यीय भाषा नेपालीनै थियो । नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहले बाइसी, चौबिसे,लिम्बुवान,खम्बुहाङ,आदिका अपुङ्गी टुक्रे राजाहरुसित व्यवहार गर्ने भाषा पनि नेपालीनै थियो ।’ यसरी नेपाली भाषाले अन्तरजातीय सम्पर्क भाषाको स्थान प्राप्त गरेको हो । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभन्दा अगाडि कान्तिपुका राजा लक्ष्मीनरसिंह मल्ल र उनका छोरा प्रतापमल्लको समयमा नेपाली भाषा प्रयोग भएका प्रसस्त अभिलेखहरु पाइन्छन् । जगतप्रकाश मल्ल, भूपतेन्द्र मल्ल, भास्कर मल्ल र जयप्रकाश मल्ल्ले पनि पनि नेपाली भाषामा लेखापढी गरेका थुपै प्रमाणहरु छन् । त्यही भाषालाई भानुभक्तले अरु जीवन्त बनाए । भारतका आसाम, मणिपुर, दार्जिलिङ्ग, उत्तराञ्चलको देहरादून, अलमोडा लगायत भारतका अनेकौं ठाउँमा रहेका नेपालीहरुको प्रियभाषाको रुपमा नेपाली भाषा पूजनीय भइरहेको र भारत सरकारले सरकारी भाषा सरह्रको मान्यता दिएर नेपाली भाषालाई अन्तराष्ट्रिय मान्यता गरेको छ ।
‘हत्यारा अपराधीको नाम लिदा मात्र पनि, पक्राउ पर्छ निर्दोषी दाष यसको छ कि भनि’ कवि भवभूतिको कविता संझना आउँछ । नेपालमा ८।१० बर्षदेखि साहित्यलाई केही ठगहरुले आफ्नो खाइजीविको माध्यम बनाइरहेका छन् । कथित नइ प्रकाशनको बदमासीलाई साहित्यकारहरले आँखा चिम्लिरहेका छन् । आफ्रनी बिवाहित श्रीमतीलाई लखेटेर भतीजा प्रसाईकी श्रीमतीलाई भित्रयाएर यी दुईको नामको शुरु अक्षरबाट नईको नामाकरण गरिएको फोहरी चर्तिकलामा रमाउने कतिपय हाम्रा साहित्यकारहरुको चरित्र देख्दा धिक्कार लाग्छ । यसरी नेपालका कवि, साहित्यकारहरुको चारित्रिक भविष्य कस्तो होला ? कवि शिरोमणि लेखनाथ पौडयाल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटाको नाममा त्रिमूर्ति निकेदनलाई मागीखाने भाँडो बनाएर यी ठगहरुले नेपाली समाजलाई नैं लाजमर्दो बनाएका छन् । कथित विश्व नारी सम्मेलन यिनीहरुले समाजलाई अल्मल्याउने ठगिखाने नाटक थियो । यिनीहरुले चाकरी गरेको भरमा नेपाल सरकारले लाखौं आर्थिक सहायत दिलाएर जनताको पसिनालाई खोलामा बगाउने काम गरेको छ । भानुभक्तको द्विशतबार्षिकीको लागि पनि यी ठगहरुले प्रसस्त रकम नेपाल सरकारबाट लुँडयाए जस्तो छ ।
साहित्यको खोल ओडेर साहित्य क्षेत्र नैं प्रदुषित गराउनेहरु देश र समाजका रोग हुन् । पैसा भएका तर बुद्धि नभएका केही पैसावालहरुले आफ्रनो पुरस्कार गुठी खोलेर यिनीहरुलाई उभ्याएकाले उनीहरु पनि जखम भएका छन् । भूपालमान कार्की, सीताराम पुरस्कारले गर्दा उनीहरु भासिए, वदनाम भए र उनीहरुका पुरस्कार गुठीहरुले पनि हावा खाए । जस्ले धायो, चाकरी ग¥यो त्यसको सम्मान हुने र पुरस्कार पाउने भएपछि त्यो भन्दा बेइज्जती के होला ? एमालेका मोदनाथ प्रश्रित, कांग्रेसका नरहरि आचार्य, जगदिस शम्सेर, सत्य मोहन जोशी, बैरागी काँइलाहरु ठगहरुको पञ्जामा परिसकेका छन् । पैसाको लोभले उनीहरु अर्काको व्यक्तिगत चरित्रको कुरा किन गर्ने भनेर पन्सिन्छन् । मोदनाथ प्रश्रितकी श्रीमती र उनले प्रसस्त कथित पुरस्कार स्वरुप आर्थिक लाभ लिइसकेका छन् । यिनीहरु नइको रछयानमा पसिसकेका छन् । कमलमणि दीक्षित जस्तो साहित्य सिर्जना गर्ने व्यक्ति पनि यिनीहरुको पञ्जामा परे भने अरुको के कुरा गुर्नु । आफ्नै खर्चमा यिनीहरुबाट यिनले जीवनी लेखाए तर अहिले अहिले कमलमणिले ठग भनेर चिनेपछि उनीहरुको बीचमा बोलचालै छैन भन्छन् । यी ठगहरुले त नेपालका केही पैसावाद र साहित्यकारहरुलाई त कति ठगे, ठगे ।
अमर कोषमा अमर बाँडाले—‘वन्दिनः स्तुति पाठकाः;” अर्थात बिहान सबेरैदेखि आफ्नो विचारलाई वन्दी बनाई कसैको स्तुतिगान गरेर, स्वार्थसिद्ध गरेर खानेहरु पनि छन् भनेको जस्तो साहित्यको नाममा ठगहरुका पुरस्कार गुठीको रछयानमा फसेकाले स्वाभिमानी साहित्यकारहरुको नुर गिर्दो छ । यसको लागि नई प्रकाशन, त्रिमर्ति र यस्ता वदनाम कार्यमा संलग्न भएका साहित्य जगतलाई नैं प्रदुषण फैलाउने ठगहरुलाई राज्यले नियन्त्रणमा लिई कारवाही चलाउनु पर्छ । यस्ता चरित्रहीन अखडाहरुले गर्दा सच्चा साहित्यिक गुठी र उनीहरुबाट घोषित सम्मान र पुरस्कार पनि बिटुलो र अपमानीत भएका छन् । साहित्य भनेको प्रदुषण होइन, सिर्जना हो, चरित्र निर्माणको आधार । अतः साहित्य जगतलाई नैं प्रदषित बनाएर आफ्नो खाई जीबिका बनाउने ठगहरुबाट हरेक कवि, साहित्यकारहरुले बहिस्कार गर्नसक्नु पर्छ । माफियाहरु र ठगहरुले पुरस्कार गुठी खोलेर सबै साहित्यकारहरुलाई बिटुलो बनाउन खोलेको काला पुरुस्कारको लोभमा परेर बिग्नु हुन्न । महान स्रस्टाहरुको नाम बेचेर खान खोज्ने ठगहरुलाई सबैले चिनिसकेका हुन्छन् । तर पनि ठगहरुसँग जोगिनै पर्छ । तर सुनलाई जति कसी लगाएता पनि सुन सुनै हून्छ । अतः हामीले आदिकवि भानुभक्तको द्विशतबार्षिकीको उपलक्षमा निस्वार्थरुपले निस्काम कर्मको सिद्धान्तलाई कार्यावयन गर्न सकौं ।
Email:dirgharajprasai@gmail.com
http://www.enepalikhabar.com बाट साभार
No comments:
Post a Comment