Thursday, November 17, 2016

नरेन्द्रराज प्रसाईंबारे - रत्ननिधि रेग्मी



नरेन्द्रराज प्रसाईं नेपालमा निकै चर्चित छन् । पहिले त पढ्न नआएर पटक पटक फेल हुने कारण, त्यसपछि चाँदनी शाहको चाकडी गरेर वा खराँठ मण्डले भएर, २०४७ पछि यिनको घरमै कांग्रेस कम्युनिष्टले ढुंगा हाने, १ वर्ष त यी घरबाहिरै निस्किन सकेनन् । सबैले यिनलाई मण्डले भनेर देखी सहदैनथे । त्यसपछि भूपाल–सिताराम जस्ता तस्करका नामबाट पुरस्कार स्थापना गर्दा पनि यिनी चर्चितै भए । अझ ससुरा–बुहारी लठारिएर हिँड्दा होस् वा बिहे नै गर्दा पनि यिनी चर्चित भएकै थिए । पछि महाकवि देवकोटा शताब्दीमा लाखौं रकमकुम्ल्याएर यिनी झन् चर्चित भए । अहिले त्यै पैसाले ५० लाखमा कार किनेर शयर गर्दा अख्तियारका लोकमानले उल्टै पुरस्कारवापत ५ लाख नगद दिएछन् । राम्रालाई दिएकाले लोकमानले अहिले काम अनुसारको मान पाएका छन् । महेश र उषा पनि मर्नसकेका भए यो नई झन् दमदार बन्थ्यो होला, स्वर्ग पठाउन त कोसिस गरेकै थियो रे, तर यिनको भोग बाँकी रहेकाले बचेछन् । यसमा पनि यिनी चर्चितै छन् । आधा रकम त खान्की नै भयो । पुरस्कृतले यौनसमर्पण पनि गर्नुपर्ने सुनिए पनि आफुले नदेखेको हुँदा विष र ग्यास पड्काउन लागेको चर्चा सुने पनि मैले देखेको चाहिँ छैन । त्यसपछि करोडी मलको ठेक्का पाएपछि अहिले ससुरा बुहारी कम्पनी नेपाली साहित्यलाई पत्रु बनाउने होडमा भएकाले यिनको चर्चा हुनु स्वाभाविकै हो । तर मलाई लाग्छ, नरेन्द्र प्रसाईं जे हुन्, राम्रा वा नराम्रा जे हुन्, यिनी केही होइनन् । नेपाली कवि, लेखक भनाउँदा चाहिँ खत्तम हुन्, कुनैदिन नरेन्द्रले मेरो पाद ५० चोटि सुँघ ५० हजारको पुरस्का दिन्छु भने पनि सुँघ्ने रहेछन् । मेरो मतमा नरेन्द्र खराबभन्दा पनि यहाँका कथित साहित्यकार खराब हुन् । यिनीहरू पैसा वा मान आउँछ भने गुहु पनि खाने रहेछन् । त्यो सत्यमोहनले पनि धर्म गरेर नाम कमाएको होइन रहेछ । त्यस्तो दुर्नाममा लगेर नाम मिसाउनु छ्या.....छ्या.....त्यसमा तक्मा पाउने १०५ उप्m कति घिनलाग्दो समाचार ? तैपनि मेरो फेसबुकमा नआएको भए यो लेख्दिनँथेँ, यस्तो घिनलाग्दो नाम मेरो पोस्टमा राखेर अपवित्र पार्ने धृष्टता गरिएकाले मेरो पोस्टमा नईको नराख्न बारम्बार भनदा पनि नलागेकाले यो पुरस्कार खाने र सम्मान थाप्नेले पढोस् र आफ्नो अनुहार लगेर नालीमा जोतोस् भन्ने आग्रह साथ । यस्तो खानसक्ने नेपाली कवि लेखक भनाउँदा प्रसाईं भन्दा हजारगुना खराब हुन् । यस्ताले गर्दा आज हाम्रो भाषा साहित्य, धर्म सबै बिग्रेको हो । सबैलाई चेतना भया..........।


https://www.facebook.com/ratnanidhiregmi.shukracharya बाट साभार 


 रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ 

शहरमा यतिबेला जोई कम्पनीको पोई पुरस्कार खुलेको छ । देशभरिबाट १०५ जना गाँडा, गोर्चाहरूले निवेदन पनि हाले । कोही कोही उत्कृष्टमा परे, कोही पर्ने तर्खरमा छन् । यसका लागि जम्ला हातसहितको निवेदन खुले
को छ । करोडी मलका रूपमा परिचित यो कम्पनीको निवेदनमा कबुलियतनामा पनि हुन्छ नै । आधा रकम हजूरका पाउमा सास्टांगवापत दिने कबोल गरेपछि जोइ पोइ पुरस्कार परिहाल्छ । धनुषटंकार आकारमा चाकडी गरेपछि सम्मानित हुन कुनै आइतबार कुर्नु पर्दैन । यो जोइ, पोइ मिलेर खोलेको करोडी मलको बम्पर उपहार अन्तर्गतको पुरस्कार हो । यी जोइ पोइ दुवैजना पहिले ससुरा बुहारी थिए । ससुराले नै लभ गरेर बुहारी ल्याएपछि देशमा ठूलै हंगामा मच्चिएको पनि थियो । निकै वर्ष यी जोइ पोइको चर्तिकलाले नेपाली समाज शर्माए पनि सञ्चार मिडिया भने गर्माइरह्यो । तर अहिले त्यस्तो चर्चा सेलाए पनि यिनले दिने जोइ पोइ पुरस्कारले नेपाल खाल्डो पूरै हल्लाइरहेको छ । नहल्लाओस् पनि किन ? यी दुवै पहिले हल्लनटाठ थिए । कताबाट द्यौकोटाको कोटा परेर मालामाल भए । घटराजको घट्ट घुमाएर गाडी पनि किने । भन्सार अनुसारको संसार नेपालमा पाइने हुँदा यिनीहरू रोडपतिबाट करोडपति पनि भए । धेरै वर्षदेखि ल्याङ्खुरे टाइपको प्याङ्खुरे बाइकमा चढ्नुपर्ने लण्ठा अब रहेन । नाफामा आएका ३ कुमारीहरू पनि बेलैमा माना मेलामा लागे । बाँकी एक कुमारले पनि घरबार जोडे । एउटाको नाति अर्कोको पनाति भयो । एउटीको पनाति अर्कोको खनाति भयो । खनातिसम्म बनाइसकेका जोइ पोइले अहिले एक दशकदेखि नेपाली पुरस्कारको ठेक्का पट्टा चलाइरहेका छन् । कसैको न्वारान, पास्नी, चौरासी, शताब्दी परे जोइ पोइ कम्पनीले ख्वात्तै पुरस्कारको घोषणा गरिहाल्छ । यो कम्पनीलाई लोकमानको मेजमान पनि चलेकैछ । रामबाबुको दाम पनि परेकैछ । ए राता मकै ! शण्डमुण्डको शासन कस्तरी फस्टाएको हो ? बुझ्नै पो सकिएन ।



=========================
जोइ पोइ कमपनीले रुचाएको मान्छेलाई घिचाउने सरकारी नीति छ । भानुको गानु झिक्न होस् वा द्यौकोटाको कोटा हजम पार्न होस्, मोतीको ज्योति खोज्न होस् वा समको ममः पकाउन होस् यी जोइ पाइको खाँचो सरकारले महसूस गर्छ । जुन सरकार आए पनि नाकमा प्वाल परेकै हुँदोरहेछ क्यारे ! जोइ पोइ नै रोजिहाल्छ, यसो गन्ध सुँघ्दै यिनलाई नै खोजिहाल्छ । मनमोहनको धन हजम गर्न होस् वा फत्येमोहनको जीवन दोहन गर्न होस् सबैको टेण्डर यसकै भागमा पर्ने गर्छ । सय वर्ष पुग्न २।४ वर्ष बाँकी भए पनि यसले अगाडि नै शताब्दी बुरुष भनेर घोषणा गरिहाल्छ । पहिले त लास्ट कविको पनि खान खोजेको थियो, कुन्नि के भएर हो बुढाले दिएनछन् क्यारे ! अनि कान्छो भाइ जोशीलाई खसी बनाउन तम्तयार भयो । जो मान्छे यो जोइ पोइ एण्ड कम्पनीको आँखामा पर्छ त्यो ह्वात्तै १ बित्ता माथि उठिहाल्छ । जोइ पोइको आँखामा नपरेको मान्छे नामी भए पनि दामी हुन सक्तैन । दामी भन्नुको अर्थ हो, दाम कमाउने र दामअनुसारको माम पकाउने । यिनका आँखामा परेका कस्ता कस्ता हरामी पनि दामी भएका छन्, बेनामी पनि नामी बनेका छन् । कस्ता कस्ता लण्ठुप्रसाद पनि यिनको पुरस्कार थापेर कण्ठुप्रसाद भएका छन् । शहरमा यिनको जति चर्चा आजसम्म कसैको भएन र हुन पनि नपरोस् भन्ने भावना नबढेको होइन । तर लोतिखरे साहित्यकारको नपुंसकत्व राम्ररी बुझेको छ जोइ पोइ संस्थाले । लड्डु भेटे भड्डु जत्रो मुख बाउने पाङदुरे साहित्यकारको बाहुल्य नै यो कम्पनीको फलिफापको प्रमुख कारण पनि हो । आँट नभएका विचरा निम्सरा र भ्रष्ट स्रष्टाहरू निवेदन बोकेर घट्टेकुलोको ठूलो डिलतिर हाम्फाल्छन् । जोइ पोइले यसो विष्ट्याए पनि सुरुङ्जत्रो मुख बाएर रसास्वादन गर्न तम्तयार लाम बस्छन् । वामपन्थीदेखि खामपन्थीसम्म, प्रजातन्त्रवादीदेखि बजातन्त्रवादीसम्म, बुद्धिजीवीदेखि लद्धुजीवीसम्म सबका सब यिनका आँगनमा लम्पसार परिरहेका हुन्छन् । यिनीहरूले पहिले तीताराम मिठाराम पनि चलाए । केही समय यो पाल र ऊपालका खालको पुरस्कार पनि दिलाए । त्योभन्दा पहिले खाँदनी खाको सारी टक्टक्याएर गुन्द्रुक पेलेको सबैलाई थाहा छ । यो कम्पनीको नाम सुन्दा नरहरि पनि थरहरी हुने गर्छन् । कान्ताका कोमल पाउमा भेटी चढाएर माउवादीको हाउभाउ बढाएर माल पार्टीको माल झार्नसम्म भ्याएका छन् । यिनले विरोधी जति सोधी सोधी, खोजी खोजी पुरस्कार दिलाएका छन् । यिनकोमा मालपानी खान दलका मलसम्म कमण्डलु बोकेर जदौ पारामा धनुषाकारमा लामबद्ध हुने गर्छन् । यो कम्पनीले सालोलाई कालो र कालोलाई सालो बनाउन पनि सक्छ । यसले प्रमाणपत्र दिएपछि लम्फुल्वाँठ पनि क्याँटवाला बन्नसक्छ । यिनको दया मायामा कत्रा कत्रा केसीहरू पनि खसी भएका छन्, यागराजहरू पनि खाग भएका छन् । साकारहरूले पनि ठूलो आकार लिएका छन् । हुँदा हुँदा अब त विरही पनि सुराही बोकेर उतै हाँजिर हुन थाले । यो कम्पनीले यसपाला भजनभारती पनि कुम्ल्याउने भएको छ । आखिर साकारले नयाँ आकार लिएपछि सर्पहरूले गीत नसुनेर के फरक पर्छ र !

========================
सपल्ट जोइ पोइ कम्पनीले जशीको खसी खुइल्याउन काम भेट्टाएको छ । शताब्दी बुरुसको यसै मेसोमा देशभरिका १०५ जना लम्फुल्वाँठहरू सम्मानित हुने खबर आयो । सबैले खसीको दशीसहित भागशान्ति जय नेपाल गर्न पाउने भए । यसका लागि के कति खामसहितका दाम आमदानी भए त्यो त थाहा भएन, तर लम्फुहरूको भने राम्रै उद्धार हुने भयो । यो कम्पनीको शुरुआती पछि कोही अब लम्फुको दर्जामा रहिरहन परेन । सायद यिनको पिण्ड खाएपछि खानेको सिधै स्वर्गवास पनि हुन्छ होला । यिनको कर्तुतबाट कतिले घरबार जोडे, कतिले दरबार छोडे, कतिको त्राण छुट्यो कतिको प्राण उड्यो । तर पनि कम्पनी चलेकै छ । यिनको मुट्ठीमा परेपछि माइलीदेवीको कोइली उडेको छ, अरुणाको करुणा पग्लेको छ । द्यौकोटाको कोटाबाट ५० लाख बराबर कुम्ल्याएर अमृका पनि बसे, यसो डलरको खरानी पनि घसे । भनुँ भने ससुरा बुहारीले दुनियाँलाई छहारी दिए । त्योवापत यसो दानापानीका लागि योग्यताअनुसारको रसदपानी पनि लिए । लिने र दिनेको कुरो मिलेपछि जोइ पोइ पुरस्कार परि नै हाल्छ । जसले मह काढ्छ, त्यसले हात चाटिहाल्छ । धेरैलाई मोहनीको मह ख्वाएपछि हात चाट्दा पर्ने माल मुलाको के गन्ती भो र ! अँ, साँची, यिनको पुरस्कारमा पनि दलको कोटा छ रे ! कुन दलले थालमा सुन राखेर सिफारिस गर्छ, त्यही पुरस्कृत हुन्छ रे ! कस्तो राम्रो सिस्टम ? अझ यिनको धुपौरे त असम्मानित हुनुपर्दैन रे ! अहा ! कस्तो राम्रो योजना ? यिनले सन् २०२० भित्र सबैलाई मुर्गा बनाइसक्ने प्रण गरेका छन् रे ! सबै कवि, सबै लेखक, सबै पत्रकार, सबै लम्फुल्वाँठहरू सम्मानित भएपछि मात्र आपूm हुने यिनको सोच छ रे ! यो कम्पनीको उदयपछि नामर्द साहित्यकारहरू पनि मर्द भएका छन् । नदीहरू सागर भएका छन् । दोषीहरू निर्दोषी भएका छन् । श्यामहरू श्वेत भएका छन् । प्रश्रितहरू आश्रित भएका छन् । निधिहरूको गिदी पगाल्न नसकेर मात्र यिनीहरू चिन्तित बनेका हुन् । अरु सबै यिनको एकलौटी छ । यिनले जे भने पनि चल्ने भएपछि अब भात नीति चलाउन राजनीति गर्नु पर्दैन, राजनीतिले नै भात नीति चलाउँछ । यिनको शब्दकोशमा लाज शर्मको मर्म तृणभर छैन । जसीका नाउँमा सिंगै खसी खानु उसले परम् धर्म मानेको छ, नखाई बाँचिंदैन भन्ने पनि जानेको छ । नबाँची सिन्को भाँचिंदैन भन्ने ठानेको छ । यो मान्ने, जान्ने र ठान्ने कारणले यो कम्पनी एक नम्बरमा पर्न थालेको छ । कम्पनीको खाने र कम्पनीलाई ख्वाउने परम्परा एकनाससित चलिरहेकै छ । शताब्दी मात्र होइन अर्को गताब्दीसम्म पनि चलिरहने छ । यदि तपाईंमा पनि चरम रूपमा शरम छैन भने, भात खान लाज छैन भने, सधै लम्फुल्वाँठको साढेसातीले ग्रस्त पारेको छ भने, नामविनाको काम छ भने आजैका मितिमा जोइ पोइ संस्थामा निवेदन दिनुस्, तपाईं उत्कृष्टमा परिहाल्नु हुन्छ । तपाईंले परम् वीरचक्र पदवी पाइहाल्नु हुन्छ । यो संस्था दाम लिन र दिन सिपालु मात्र होइन कृपालु पनि छ । यिनले नेपाली साहित्यमा पाण्डित्यको पनि ठेक्का पाएका छन् । कसलाई उठाउने, कसलाई सुताउने, कसलाई लडाउने, कसलाई अघि बढाउने यिनकै हातमा छ । लोकतन्त्रमा लिनलाई लाज हुँदैन । लाज मानेर काज पनि चल्दैन । त्यसकारण ढिला नगर्नुस्, आजै जोइ पोइ पुरस्कार खाइहाल्नोस्, चुक्नुभयो भने फेरि मरेपछि खा बाबै केरा होला नि ?
महाकवि देवकोटा आश्रम, काठमाडौं ।




====================================

सत्यमोहन जोशी शताब्दी पदक दिइने
'सत्यमोहन जोशी शताब्दी पदक'बाट सम्मानित हुनुहुने महानुभावहरू:

1. श्री अणुराज जोशी
2. श्री अनिता तुलाधर
3. श्री अनुराधा पौडेल (फ्रान्स)
4. श्री अन्जना पौडेल
5. श्री अप्सरा दाहाल (भारत)
6. श्री अमृतशमशेर थापा
7. श्री अमोद राई (चीन)
8. डा.अम्बिका घिमिरे
9. प्रा.डा.अरुण सायमी
10. श्री अशेष मल्ल
11. श्री अशोक प्यासी राई
12. श्री आयुष्मान शाक्य
13. श्री इन्द्र खत्री
14. श्री इल्या भट्टराई
15. श्री उन्नती बोहोरा 'शिला'
16. श्री उपेन्द्र सुवेदी
17. श्री उमा कार्की
18. श्री उर्मिला पन्त पाण्डेय
19. प्रा.डा.उषा ठाकुर
20. श्री उषा शेरचन
21. श्री ऋषिप्रसाद लामिछाने 'गोर्खेसाइँलो'
22. श्री एलबी क्षेत्री
23. श्री ओम पन्छी
24. प्रा.डा.कपिलदेव लामिछाने
25. श्री कमलराज उपाध्याय
26. श्री कमला राजभण्डारी
27. श्री कमला वली
28. श्री करुणा झा
29. श्री काजी रोशन
30. श्री कार्तिकेय घिमिरे
31. श्री कुन्दनकुमार पन्त
32. श्री कृष्णप्रकाश श्रेष्ठ (रुस)
33. श्री कृष्णप्रसाद बास्तोला
34. श्री कृष्ण बजगाईं (बेलायत)
35. श्री कृष्ण मल्ल
36. श्री कृष्ण शाह यात्री
37. श्री कृष्णादेवी शर्मा
38. श्री के.के.कर्माचार्य
39. श्री केदार शर्मा ढकाल
40. प्रा.केशव सुवेदी
41. श्री कोमलप्रसाद श्रेष्ठ मल्ल (बेलायत)
42. श्री खगेन्द्र खत्री
43. श्री खगेन्द्र पाठक (बेलायत)
44. श्री गङ्गा कर्मचार्य पौडेल
45. श्री गणेश रसिक
46. श्री गायत्री घर्ती मगर
47. प्रा.डा.गार्गी शर्मा
48. श्री गीता कार्की
49. श्री गीता खत्री (अमेरिका)
50. श्री गेहेद्रमान अमात्य
51. श्री गोकर्ण पुन मगर
52. श्री गोपाल पराजुली
53. श्री गोपीकृष्ण प्रसाई
54. श्री चन्द्रकला नेवार
55. श्री चन्द्रकिशोर साह (साइप्रस)
56. श्री छविरमण सिलवाल
57. श्री जयदेवकृष्ण श्रेष्ठ
58. श्री जलेश्वरी श्रेष्ठ
59. श्री जयदेव भट्टराई
60. श्री जीवनशमशेर जबरा
61. श्री जीवा लामिछाने
62. प्रा.ठाकुर पराजुली
63. श्री ठाकुर बेलवासे
64. श्री ठाकुर शर्मा भण्डारी
65. डा.डि.बी. लिम्बू (म्यान्मार)
66. श्री तीर्थराज पाण्डेय
67. श्री तेजप्रसाद पन्थ
68. श्री तेजराज खतिवडा
69. श्री दीपक भेटुवाल
70. श्री दीपा एवाई (चीन)
71. श्री दीपेन्द्र के.सी (बेल्जियम)
72. श्री दुर्गाप्रसाद श्रेष्ठ (भारत)
73. श्री देवराज राई (चीन)
74. डा. देवीप्रसाद सुवेदी
75. इन्जिनियर नरनाथ पौडेल
76. श्री नवराज पहाडी
77. श्री नानू पन्त
78. श्री निहारिकालक्ष्मी शाही (जापान)
79. श्री नीरा रानाभाट
80. श्री पदमराज ढकाल
81. श्री पदम विश्वकर्मा (अमेरिका)
82. श्री पवन आलोक
83. श्री पुरुषोत्तम श्रेष्ठ
84. श्री पुष्प बडुवाल (निदरल्यान्ड)
85. श्री पुष्पराज राई
86. श्री पूर्ण बन्धन (डेनमार्क)
87. श्री प्रतिभा पौडेल
88. श्री प्रद्युम्न जोशी
89. श्री प्रमिला उप्रेती (अमेरिका)
90. इन्जिनियर प्रमिला केसी
91. श्री पसन तमू (चीन)
92. श्री फूलमान बल
93. श्री बलबहादुर कार्की
94. श्री बाबा बस्नेत
95. माननीय बामदेव गौतम
96. श्री बालकृष्ण भट्टराई
97. श्री बालिका गिरी
98. श्री बि.के. पाल्पाली
99. श्री बुद्ध प्रधान
100. श्री बुद्धिसागर घिमिरे (न्युजिल्यान्ड)
101. श्री ब्रम्हप्रिय प्रेमस्वरूप
102. श्री भगवती बस्नेत (इजरायल)
103. श्री भद्रकुमारी घले
104. श्री भरतमणि सुवेदी
105. श्री भरतराज प्रसाई
106. श्री भागवत ढकाल
107. श्री भाष्करराज राजकर्णिकार
108. श्री भीमकुमारी श्रेष्ठ
109. श्री भुवनेश्वरी पन्त
110. श्री मञ्जु गुरुङ (द.कोरिया)
111. श्री मदनदास श्रेष्ठ
112. श्री मदनसेन बज्राचार्य
113. श्री मन गहिरे
114. श्री मनीषा कोइराला
115. प्रा.डा.महादेव अवस्थी
116. श्री महेन्द्रबहादुर गुरुङ
117. श्री महेश सुवेदी
118. श्री माधवराज चुँदाली
119. श्री मीरा अर्ज्याल
120. श्री मुना श्रेष्ठ नेपाल (ओमान)
121. श्री मैना भण्डारी
122. डा.मोदनाथ प्रश्रित
123. श्री मोमिला
124. श्री मोहन आचार्य जलद (पोर्चुगल)
125. श्री मोहन दुवाल
126. श्री मोहराज शर्मा (युएइ)
127. श्री मौलश्री लिम्बू
128. श्री यादव भट्टराई
129. डा. रजनी ढकाल
130. श्री रमा देवकोटा पराजुली (स्वीजरल्यान्ड)
131. श्री रमा सिंह (अमेरिका)
132. श्री रविलाल ताजपुरिया (मलेसियन)
133. श्री रश्मिला कवाङ (जर्मनी)
134. श्री रश्मी रिमाल
135. श्री राज आङदम्बे 'सहयात्री'
136. श्री राजकुमार दिकपाल
137. श्री राजबाबु पहाडी
138. श्री राजेन्द्रप्रसाद श्रेष्ठ
139. प्रा.राजेन्द्र सुवेदी
140. श्री राजेश खनाल
141. श्री राधिका दाहाल
142. श्री रामचन्द्र तिमोथी
143. प्रा.डा.रामप्रसाद उप्रेती
144. श्री रामप्रसाद दाहाल
145. श्री रामप्रसाद पन्त
146. श्री रामलाल जोशी
147. श्री रामकृष्ण सिल्पकार
148. श्री रीता पहारी
149. श्री रुकु कार्की
150. श्री रुद्र चुडाल (अस्ट्रिया)
151. श्री रुद्रनिधि तिवारी
152. श्री रुमु न्यौपाने
153. श्री रेणु श्रेष्ठ
154. डा.लक्ष्मणप्रसाद गौतम
155. श्री ललिता दोषी
156. श्री लक्ष्मीअप्सरा पाण्डे
157. श्री लक्ष्मी उप्रेती
158. श्री लक्ष्मीदत्त भट्ट 'सत्यप्रेमी'
159. श्री लक्ष्मी शर्मा
160. श्री लक्ष्मी श्रेष्ठ
161. श्री लुनाक्षि चौलागाईं
162. श्री वसन्त रायक्षेत्री (बेलायत)
163. श्री वासुदेव अधिकारी
164. श्री विजयसागर
165. श्री विजयरत्न तुलाधर
166. श्री विवश पोखरेल
167. श्री विश्ववल्लभ
168. श्री विष्णु पन्थी (म्यान्मार)
169. श्री विष्णुमाया विभु (नर्वे)
170. श्री वीणा सिन्हा
171. श्री व्याकुल पाठक
172. श्री शकुन्तला गुरूङ शर्मा
173. श्री शशीकला मानन्धर
174. प्रा.डा.शशी शर्मा
175. श्री शान्ता श्रेष्ठ
176. प्रा. शान्ति मिश्र
177. श्री शान्तिकुमारी राई
178. श्री शान्तिनारायण श्रेष्ठ
179. श्री शीला पन्त
180. श्री शैलेन्द्र साकार
181. श्री शोभा काफ्ले खतिवडा
182. श्री श्याम रिमाल
183. श्री श्यामदास वैष्णव
184. श्री श्रीओम् श्रेष्ठ 'रोदन'
185. डा.सञ्जय बान्तवा (भारत)
186. श्री सञ्जु बजगाईं (बेलायत)
187. श्री सन्ध्या पहाडी
188. श्री सबिता श्रेष्ठ 'बेहोसी'
189. श्री सलोमी लेप्चा तिमोथी
190. श्री सिन्धुराज्यलक्ष्मी राणा
191. श्री सुजाता बस्नेत (अस्ट्रेलिया)
192. श्री सुनीता कार्की
193. श्री सुनील पोख्रेल
194. प्रा.डा.सुमन ढकाल
195. श्री सुरबहादुर श्रेष्ठ
196. श्री सुरेन उप्रेती (क्यानडा)
197. प्रा.डा.सुरेन्द्र के.सी.
198. श्री सुरेशजङ्ग शाह (बेलायत)
199. श्री हनिफ मियाँ
200. श्री हरिबहादुर थापा
201. श्री हरिहर विरही
202. श्री हरिहर शर्मा
203. श्री हिरण्यकुमारी पाठक
204. श्री हिमलाल ज्ञवाली
205. डा.ज्ञानेन्द्रचन्द्र श्रेष्ठ

समाचार स्रोत 

No comments:

Post a Comment