लक्ष्मीप्रसाद देवकोटालाई
“महाकवि” भन्न मिल्दैन ।
आदिवासी नेवाको
कृति चोर्नेलाई
“महाचोर कवि” भन्नुपर्छ ।
१. “मुनामदन” लक्ष्मीप्रसाद देवकोटाको मौलिक कृति होइन । “मुनामदन” आदिवासी नेवा भाषामा लेखिएको गीत “जि वे लछी मदुनी” लाई पर्वते भाषामा अनुवाद गरेर मुनामदन नामाकरण गरिएको हो ।
२. “मुना मदन” काठमाडौंका एक आदिवासी नेवा ब्यापारीले विवाह गरेर ल्याएको आफ्नो पत्नीसँग एक महिना पनि सँगै नबसी तिब्बतमा ब्यापर गर्न जान लाग्दा उसको पत्नीले व्यक्त गरेका बियोग र बेदनाका भावनाहरू समेटेर नेवा भाषामा लेखिएका सुप्रसिद्ध गीत “जि वे लछी मदुनी” अर्थात “म आएको एक महिना पनि भएको छैन” लाई नेवाहरूले “फाल्चा” (पाटी पवौमा) गाएको लक्ष्मीप्रसाद देवकोटले सुने र पछि पर्वते खस भाषामा अनुवाद गरे र मुनामदन नामाकरण गरिएको हुनाले “मुनामदन” देवकोटाको मौलिक कृति होइन ।
३. “मुनामदन” मा आदिवासी नेवा ब्यापरी र उनकी श्रीमतीको पहिचान र नाम हटाएर आर्य ब्यापरीको नाम र पहिचान राखिएको छ । “मुनामदन” किताबको खोलमा पनि आर्य पुरूष र महिलाको फोटो राखिएको छ ।
४. केही नेवा इतिहासकारका अनुसार नेवा भाषाको नाम “मन मदन” (मन केटीको नाम र मदन केटाको नाम) लाई बिगारेर मुनामदन लेखिएको हो भन्ने दाबी छ ।
५. आदिवासी घाँसीको कृति चोर्नेहरू “आदिकवि” !
६. आदिवासी नेवाको गीत चोर्नेहरू “महाकवि” !
७. आदिवासी नाक र काटनेहरू “राष्ट्रपिता” !
८. जेलमा थुनेको आदिवासीबारे केही नलेख्ने, पिजडामा थुनेको सुगाको कविता लेख्नेहरू “कविशिरोमणि” !
सारंशः
सक्कली इतिहास खोजिनु पर्छ ।
गलत इतिहास सोजिनु पर्छ ।
सबैले आफ्नो मौलिकता रोजिनु पर्छ ।
अन्तमाः
फेसबुकका मित्रहरू
स्वस्थ बहस र तर्क गरौ ।
असभ्य गाली गलौजको भर नपरौ ।
www.internetsansar.com बाट साभार
No comments:
Post a Comment