Wednesday, March 25, 2020

प्रज्ञाबाटै कविहरुको अपमान ?


प्रकाशित मिति : 6 September, 2018 



नेपाली साहित्यका कविता विधा र निबन्ध विधाका २ संग्रह प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भएका छन् । यी दुवैमा नछुट्नु पर्ने कविहरू र निबन्धकारहरूलाइ छुटाइएको छ । उनीहरूलाई कÞहिले समेट्ने ? कविता विधामा २०४६ अघि नै कÞलम चलाएका र उत्कृष्ट कविता लेख्न सक्ने र हालसम्म लेखिरहेका कविहरू समेटिएको भनिएको छ । यद्यपि कविहरूमध्येका अवल कवि गोविन्द वर्तमान संग्रहमा छुटे । उनी स्वर्गीय भइसके । तर वर्तमानलाई अन्याय गरिएको छ । यस्तै अरू छुटेकामा केदारनाथ शर्मा, जो सशक्त कवि हुन् र हालसम्म लेखिरहेकै छन् । २०३६ तिरै नाम बनाइसकेका मधु पोखरेल जसको कवितसंग्रह कवि अनिल पौडेलसँग २०४० अघि नै प्रकाशित छ । कविता महोत्सवका विजयी कविहरू धेरै छुटेका छन् । २०३५ तिरबाटै लेखन आरम्भ गरी विविध विधाका संग्रह प्रकाशित गरेर नाम आर्जन गरेका प्रतीक ढकाल अब्बल कवि हुन् र हालसम्म पनि लेखिरहेकै छन् । उनी नसमेटिनु ठूलै अन्याय हो ।
म त परेको छु । तर समकालीन सशक्त कविहरू अतृप्त पाण्डेय, रवि प्राञ्जल जो गजलकार मात्र नभएर हार्दिकताका कवि हुन् । पुरानामा भूपि शेरचनजत्तिकै सशक्त कवि भीमदर्शन रोका छुटेका छन् । भैरव अर्याल निबन्धकार मात्र होइनन्, सशक्त कवि हुन् । हेर्नुहोस् रूपरेखा र मधुपर्क अनि पुराना शनिबासरीय गोरखापत्र, पाउनुुहेनछ । यस्तै केदार न्यौपाने जो कविता महोत्सवमा पटकपटक विजयी कवि हुन् । हेर्नुहोस्, डिल्लीराम मिश्रको प्रतिभा र पुरस्कार । मोफसलका त दर्जनौँ कवि छुटेका छन् । जस्तो सशक्ततामा छुट्टै उचाइ निर्माण गरेका र हालसम्म लेखिरहेका कवि गणेश निरौला, बद्री पालिखे, उपेन्द्र पागल, वीरभद्र कार्की ढोली, लव गाउँलेलगायतका धेरै अब्बल कवि छुटे । यो उनीहरूमाथि अन्याय होइन र ?
यस्तै २०४६ सम्म नाम नबनाएका कवि जसको २०४५ तिरमात्र एउटा त्यो पनि बगर पत्रिकामा कविताका नाममा अकविता छापिएको छ । त्यसअघि रुपरेखा, मधुपर्क, गरिमालगायतका कुनै पत्रिकामा कविता नै नदेखिएका २०४६ सम्म कुनै संग्रह नदेखिएको कवि भनेर दोश्रो २०५० पछिकामा पर्ने पुरुषोत्तम सुवेदीलाई के आधारमा संग्रहमा समेटियो ? यसो हो भने त कवितामा उनी भन्दा सशक्त कवि मनु मञ्जिल उमेरका हिसाबले यसमा समेटिनु पर्ने हो । चन्द्र घिमिरे, रमेश क्षितजजस्ता अब्बल कवि पर्नुपर्ने हो । उनका कविताको दाँजोमा त रमेश केसी, राजेश ढुंगाना माथि छन् । उनीहरू सुबेदी पर्दा किन परेनन् । इतिहास मेटिँदैन र झुटलाई इतिहासले सत्य सावित गर्न पनि सक्दैन । के अब साहित्यकार पनि डन बन्नु पर्ने हो ? त्यो इतिहासले किमार्थ सहँदैन । यस्तो काम प्रज्ञा प्रतिष्ठानजस्तो गरिमामय संस्थाले गर्नु नपर्ने हो तर अब साहित्यमा माफिÞया घुसाएर त्यो अमर रहला त ? सबै साहित्यकारहरूलाई प्रश्न हो ।
कवि लोकेन्द्र शाहलाई पनि छुटाइएको छ । उनी अब्बल कवि हुन् । यसमा नपरे पनि कवि त कवि नै हुन् । तर धेरैले एकल प्रयासमा निकालेका संकलनमा परेका कविहरूलाई पनि छुटाइएको छ । प्रकाश बुढाथोकी, बिमल बौद्ध, डम्बर पहाड़ी, यज्ञनिधि दाहाललगायत धेरै कविलाई छुटाइएको छ । संकलनमा परेका कविहरू देहाय बमोजिम छन्ः बालकृष्ण सम, युद्धप्रसाद मिश्र, महाकवि लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, प्रेम राजेश्वर थापा, गोपालप्रसाद रिमाल, माधव घिमिरे, विजय मल्ल, केबलपुरे किसान, मोहन कोइराला, गोकुल जोशी, पोषण पाण्डे, पारिजात, उपेन्द्र श्रेष्ठ, द्वारिका श्रेष्ठ, भूपि शेरचन, वासु शशी, ईश्वर बल्लभ, कालीप्रसाद रिजाल, कृष्ण जोशी, वैरागी काईंला, मदन रेग्मी, कृष्णभक्त श्रष्ठ, मुकुन्दशरण उपाध्याय, तुलसी दिवस, रामचन्द्र भट्टराई, हेम हमाल, मोदनाथ प्रश्रित, वासुदेव त्रिपाठी, क्षेत्रप्रताप अधिकारी, कुन्दन शर्मा, घनश्याम कँडेल, जसराज किराँती, कुन्ता शर्मा, नरेश शाक्य, मन्जुल, वानिरा गिरि, शैलेन्द्र साकार, कृष्णभुषण बल, कोसा गुरूङ, बेञ्जु शर्मा, मञ्जु काँचुली, रेशम विरही, विक्रम सुब्बा, बिमल निभा, हरि अधिकारी, गोविन्दराज विनोदी, पूर्ण विराम, लक्ष्मी माली, विष्णुविभु घिमिरे, शिव अधिकारी, अशेष मल्ल, कणाद महर्षि, पुरुषोत्तम सुवेदी, मीनबहादुर विष्ट, राजव, वियोगी बुढाथोकी, सुलोचना मानन्धर, अविनाश श्रेष्ठ, उषा शेरचन, कृष्ण प्रधान, बिमल कोइराला, सरूभक्त, इच्छुक, महेश प्रसाइँ, विनय रावल, विश्वविमोहन, इन्दिरा प्रसाइँ, विजय वजिमय, श्यामल, हेमन्त श्रेष्ठ, गोविन्द गिरी प्रेरणा, जीवन आचार्य, प्रमोद प्रधान, फणिन्द्र नेपाल, राजेन्द्र शलभ, राधेश्याम लेकाली, विजय सुब्बा, विवश पोखरेल, शारदा शर्मा, अनिल पौडेल, ईश्वर ज्ञवाली, तीर्थ श्रेष्ठ, दिनेश अधिकारी, विधान आचार्य, अमर गिरी, उदय निरौला, कृष्ण प्रसाइँ, भूपाल राई, मित्र सुलभ पज्ञानी, नकुल सिलवाल, एस्पि कोइराला, दुबसु क्षेत्री, खुमनारायण पौडेल, ललिजन रावल, राजकुमार केसी, वासुदेव अधिकारी, आहूति, मात्रिका पोखरेल, मोमिला, रमेश श्रेष्ठ, रामप्रसाद ज्ञवाली, विप्लव ढकाल, श्रवण मुकारुङ ।
खोइ भीमनधि तिवारी, शम्भुप्रसाद ढुंगेल, गगन बिरही, गगनदीप सर्ग ? यस्तै थुप्रै छुटे । यो के को दस्तावेजÞ हो ? राजनीति वा समावेसी कविता संकलन ? यो भन्दा धेरै न्यायपूर्ण त एक्लो प्रयासमा निकालिएको कवि मोमिलाको संकलनमा धेरै कवि अटेका छन् ।
www.janatasamachar.com बाट साभार 

No comments:

Post a Comment